११ बीमा कम्पनी बीमा समितिकाे कारबाहीमा


काठमाडौं – बीमा समितिले विभिन्न ११ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ । बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाएका ११ वटा बीमा कम्पनीहरूलाई कारबाही गर्दै जरिबाना गराएको हो ।

कारबाही पर्नेमा राष्ट्रिय बिमा संस्थान, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

यस्तै, दि ओरियन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सपनि कारबाहीमा परेका छन् ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरुलाई समितिले प्रत्यक कम्पनीलाई १०-१० हजार रुपैयाँका जरिवाना गरेको हो ।

प्रतिक्रिया