

विद्यार्थी अभावले शुक्लागण्डकी नगरपालिकामा दश विद्यालय बन्द

दमाैली – विद्यार्थीको अभावको कारण तनहुँको शुक्लागण्डकी नगरपालिकाको ग्रामिण क्षेत्रका दश वटा सामुदायिक विद्यालय बन्द भएका छन्।
सुविधाको खोजी गर्दै गाउँ छोडेर शहर झर्नेहरुको बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिको ग्रामिण क्षेत्रका गाउँ रिक्तिन थालेपछि विद्यार्थी सङ्ख्या घट्दै गएकोले बन्द भएका हुन् । कतिपय ग्रामिण क्षेत्रमा निजी विद्यालय खुलेकाले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको अर्को कारण हो ।
नगरपालिकाका शिक्षा शाखाका प्रमुख नवराज चापागाईँका अनुसार कुलुङ मर्दशा प्रावि, जलदेवि प्राथमिक विद्यालय, भैरव प्राथमिक विद्यालय, सूर्यादय प्राथमिक विद्यालय, इन्द्रज्योती आधारभूत प्राथमिक विद्यालय विद्यार्थी अभावले बन्द भएका छन् ।

