

चलचित्र प्रोजेक्ट बीमा लागू गर्दै विकास बोर्ड

काठमाडौं – कोरोना भाइरस महामारीको चपेटामा परेको नेपाली फिल्म क्षेत्र करिब नौ महिनादेखि ठप्प रहेको छ । कोरोना संक्रमण रोकथामको लागि सरकारले लागु गरेको लकडाउनको कारण शुन्य अवस्थामा झरेको सिनेमा क्षेत्रले यही हप्ता मात्र सरकारबाट सुटिङको लागि अनुमति पाएको छ ।
यसै क्रममा सिनेमा क्षेत्रमा कोरोनाले पारेको असरलाई मध्य नजर गर्दै नेपाल चलचित्र निर्माता संघको पलमा ‘चलचित्र प्रोजेक्ट बीमा सञ्चालन कार्यविधि’ सुरु गरिएको संघले विज्ञप्ती मार्फत जनाएको छ ।
महासचिव रोज राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ –ुकोरोना संक्रमणको अप्ठ्यारो परिस्थितिमा केही हदसम्म चलचित्र निर्मातालाई राहत तथा प्रोत्साहन गर्नको लािग नेपाल चलचित्र निर्माता संघको विशेष पहलमा चिलचित्र बिकास वोर्डले चलचित्र प्रोजेक्ट बीमालाई, नेपाल सरकारले छायांकन फुकुवा गरेको मितिबाट २०७८ असारमसान्तसम्मको लागि चलचत्रि निर्माण इजाजत दिइने सिनेमाहरुको हकमा ‘चलचित्र प्रोजेक्ट बीमा कार्यविधि’२०७७ सञ्चालनमा ल्याएको छ ।’
विज्ञप्ती अनुसार तोकिएको समय अवधिभित्रमा इजाजत दिई छायांकनमा जाने सिनेमालाई उक्त कार्यविधिले निर्देश गरेअनुसार एक लाख ५० हजारसम्मको बीमा शुल्क उपल्ब्ध गराइने उल्लेख गरिएको छ ।


