राष्ट्रिय सभाका लागि एमालेले छान्यो १९ उम्मेदवार (सूचीसहित)


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १२ गते हुने राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

सचिवालयको सोमबार बसेको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

प्रदेश—१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) उम्मेद्वार बन्नेछन् ।

प्रदेश–२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) छन्् भने बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) लाई चयन गरिएको छ ।

त्यस्तै लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) लाई टिकट दिइएको छ । कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख)लाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ ।

सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (.बैतडी) लाई उम्मेद्वार बनाउने निर्णय एमालेले गरेको छ ।

निर्वाचन तालिका अनुसार भोलि मंगलबार मनोनयन दर्ता हुने समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया