गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने दावा शेर्पाले मागे माफी


काठमाडौं – गायक राजेश पायल राईमाथि स्टेजमा नै दुर्व्यवहार गर्ने व्यक्तिले माफी मागेका छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि स्टेजमै गएर दुर्व्यवहार दावा शेर्पाले गायक राईलाई खाँदा ओढाएर माफी मागेका हुन् । गत शुक्रबार अमेरिकाको न्युयोर्कमा कार्यक्रमकै दौरान राईमाथि आक्रमण भएको थियो ।

अमेरिकामा रहेका ससाङ लामाले सामाजिक सञ्जाल फेसबुकबाट सो कुराको जानकारी दिँदै गायक राईले पनि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पालाई माफी दिएको जिकिर गरेका छन् । लामाका अनुसार हिमाली संस्कार अनुसार शेर्पाले ‘बिजुली पानी’ (रक्सी) राखेर ‘शिर उभाउनी’ गरेर माफी मागेका थिए । लामाले सो विवाद सल्टिएको र गायक राई न्युयोर्कमा रमाइलो गरिरहेको पनि बताएका छन् ।

राईले आफ्नो फेसबुकमा राखिएको एउटा भिडिओमा आयोजकसँगै दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उनले माफी दिएको देखाइएको छ।

 

प्रतिक्रिया