थानकोट जेसीजको अध्यक्षमा दानी निर्वाचित


काठमाडौं – थानकोट जेसीजको २२ औं अध्यक्षमा युवा समाजसेवी तथा सञ्चारकर्मी रोसन दानी निर्वाचित भएका छन्।

थानकोट जेसीजको बार्षिक साधारणसभा तथा २२ औं शाखा अधिवेशनले दानीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो।

यसअघि महासचिव रहेका दानी थानकोट जेसीजको २२ औं अध्यक्षको रुपमा निर्वाचित भएका हुन्।

शाखाको २२ औं अधिवेशनले दानीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको नेपाल जेसिजका पुर्वराष्ट्रिय उपाध्यक्ष मोहनलाल डाँगीले बताए।

दानी प्रगतिशील पत्रकार संघ नेपालका काठमाडौं जिल्ला अध्यक्ष समेत हुन्।

शाखाको कार्यकारीणी उपाध्यक्षमा एलिना महर्जन र सुजन महर्जन श्रेष्ठ, उपाध्यक्षमा राहुल गोपाली, रिकेस महर्जन निर्वाचित भएका छन्।

यसैगरी महासचिवमा विपना बस्नेत, कानुुनी सल्लाहकारमा विशाल शाही, कोषाध्यक्षमा विराज शाही निर्वाचित भएका नवनिर्वाचित अध्यक्ष दानीले बताए।

यसैगरी अध्यक्ष सल्लाहकारमा थानकोट जेसिजका संस्थापक अध्यक्ष जेसिआई सिनेटर नन्ददास अमात्य, पुर्वअध्यक्ष सलिम श्रेष्ठ, पेशल खतिवडा, राज गोपाली र मोहन डाँगीलाई मनोनित गरेका छन्।

प्रतिक्रिया