प्राविधिक एसएसपी बराल डिआईजीमा बढुवा सिफारिस


काठमाडौं – नेपाल प्रहरीको प्राविधिक प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) ई. फणिन्द्र बराल प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् ।

नेपाल प्रहरीको प्राविधिक समूहतर्फ इन्जिनियरिङ उपसमूह भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको डिआईजी पदको बढुवाका लागि बराल सिफारिस भएका हुन् ।

बढुवा समितिका सदस्य सचिव विश्वराज पोखरेलका अनुसार समितिको बुधबार बसेको बैठकबाट उनलाई सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन)को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको जनाइएको छ ।

No photo description available.

प्रतिक्रिया