
महिला केन्द्रीय सदस्य २३०० मत गणना : डिला संग्रौलाको अग्रता कायमै (सूचीसहित)
काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ ।
पार्टी कार्यालय सानेपामा जारी गणनामा सोमबार ३ बजेसम्म २३०० मत गणना भएको छ। ९ सिटका लागि ३० जना उम्मेदवार मैदानमा छन् ।
पछिल्लो परिणाम अनुसार डा. डिला संग्रौलाले सबैभन्दा धेरै १४५९ मत पाएकी छन् । यस्तै दोस्रो रहेकी पुष्पा भुसालले १३७७ मत र तेस्रोमा रहेकी डा आरजू राणा देउवाले १२८२ मत पाएकी छन् । यस्तै अम्बिका बस्नेत ११५३, ईश्वरी न्यौपाने ११४०, सरिता प्रसाईं १०६७ मत पाएका छन् ।
२३०० मत गणनामा सबैभन्दा धेरै मत पाउने १० जना उम्मेदवार :
डिला १४५९
पुष्पा १३७७
आरजु १२८२
अम्बिका ११५३
ईश्वरी ११४०
सरिता १०६७
रमा ९३२
शुशिला ९१३
रङंमती ९०८
अनिता ८७९



कागजपत्र |
