
कांग्रेस महाधिवेशनः २६७७ गन्दा देउवाको १२६५, अन्यको मत कति ?
काठमाडौं – कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् । अहिलेसम्म २६७६ मत गनिसक्दा देउवाले १२६५ मत प्राप्त गर्दा शेखर कोइरालाले भने ९८० मत प्राप्त गरेका छन् ।
प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन् ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।



कागजपत्र |
