
कोषाध्यक्ष यादवले खोलिन् रहस्यः कति छ त नेपाली कांग्रेसको बैंक खातामा रकम ?
काठमाडौ – नेपाली कांग्रेसको जारी महाधिवेशनको उद्घाटन सत्रमा पार्टी कोषाध्यक्ष सीतादेवी यादवले पार्टीले दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै जारी महाधिवेशनमा आफ्नो कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरिन् ।
पार्टी कोषाध्यक्षका हैसियतले मञ्चमा आएकी यादवले जाँदाजाँदै पार्टीमा रहेको रकमको समेत जानकारी दिइन् । उनले कोषाध्यक्षको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै सोचेअनुसार हुन नसकेको समेत बताइन् ।
नेपाली कांग्रेसको मुद्दती खातामा १० करोड रुपैयाँ रहेको छ । त्यसका साथै बैंक खातामा २/३ करोड भएको समेत बताइन् ।



कागजपत्र |
