
जानकी मन्दिरलाई नेपाल एसबिआई बैंकको आर्थिक सहयोग
काठमाडौं – जानकी मन्दिरलाई नेपाल एसबिआई बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले मन्दिर परिसर सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको हो । जानकी मन्दिर परिसरलाई सफा राख्न बैंकले सहयोग गरेको जनाएको छ ।
बैंकले जानकी मन्दिरमा क्युआर कोड र पोस मेसिन हस्तान्तरण तथा जडान गरेको छ जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछ ।
डिजिटल डोनेशन स्थापना गर्नाले डिजिटल दानगर्न चाहने लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ ।
जानकी मन्दिरमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र कांतले डस्टबिन, क्युआर र पोस उत्तराधिकारी महन्ता राम रोशनदास वैष्णलाई हस्तान्तरण गरेका हुन् ।



कागजपत्र |
