२६ वर्षपछि अभिनयमा ‘कम्व्यक’ गर्दै नायक सुधांशु जोशी


काठमाडौं – एक समयका चर्चित अभिनेता सुधांशु जोशी लामो समयपछि अभिनयमा फर्किने भएका छन् ।

सन् १९९४ को सुपरहिट फिल्म ‘जाली रुमाल’ का नायक जोशी मुकुन्द भट्टले निर्माण गर्न लागेको चलचित्र ‘एक्स ९’ मा अभिनय गर्न लागेका हुन् । अभिनेता जोशी २६ वर्षको विश्रामपछि अभियन यात्रामा फर्किन लागेका हुन् ।

अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटवालको समेत यसमा मुख्य भूमिका छ । यो ग्याङ स्टार फिल्ममा सुधाशुंको भूमिका कस्तो रहन्छ भन्ने प्रष्ट भइसकेको छैन ।

प्रतिक्रिया