
यस्तो छ अध्यक्ष ओलीद्वारा प्रस्तावित पदाधिकारीहरुको नामावली
चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जारी १० औं महाधिवशेनमा अध्यक्ष केपी शर्मा ओलीले आफू अध्यक्षसहित पदाधिकारीको सूची पेश गरेका छन् ।
महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले सूची पेश गरेका थिए । उक्त सूचीअनुसार बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरिएको छ भने महासचिवमा शंकर पोखरेललाई प्रस्तावित गरिएको छ ।
प्रस्तावित पदाधिकारीको नामावलीमा भीम रावल र घनश्याम भुषालको नाम भने समावेश गरिएको छैन ।
पदाधिकारीको नामावली:
अध्यक्ष : केपी शर्मा ओली
बरिष्ठ उपाध्यक्ष : इश्वर पोखरेल
उपाध्यक्ष
- युवराज ज्ञवाली
- अष्टलक्ष्मी शाक्य
- सुरेन्द्र पाण्डे
- रामबहादुर थापा
- बिष्णु पौडेल
- सुवास नेम्वाङ
महासचिव
- शंकर पोखरेल
उपमहासचिव
- प्रदीप ज्ञवाली
- पृथ्वी सुब्बा गुरुङ
- बिष्णु रिमाल
सचिव
- टोपबहादुर रायमाझी
- रघुबीर महासेठ
- छविलाल बिश्वकर्मा
- लेखराज भट्ट
- योगेश भट्टराई
- गोकर्ण बिष्ट
- पद्मा अर्याल



कागजपत्र |
