भीम रावलले भेटेनन् ओली, बन्दसत्र हलमा छिरे


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी बन्दसत्र हलमा छिरेका छन्। अध्यक्षमा उम्मेदवारी दिएका रावल ओलीलाई नभेटी बन्दसत्र हलमा छिरेका हुन्।

चुनाव प्रचारमा व्यस्त रहेका रावलले यसअघि ३२ पेजको बुक लेट समेत नेता–कार्यकर्ताहरुलाई बाँड्न थालिसकेका थिए। उनका सहयोगीहरुले बन्दसत्र हलमै पुगेर चुनावप्रचार गरिरहेपछि स्वयम् सेवकहरुले उनीहरुलाई निकालेका थिए।

आइतबार बिहान उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यसँगको भेटमा ओलीलाई उनीहरुहले रावललाई मिलाएर लैजान आग्रह गरेका थिए। ओलीले आफू मिलाउने प्रयासमा नै रहेको जवाफ दिएका थिए।

तर ओली र रावलबीच कुनै संवाद अघि नबढेको हो। ओली पार्क सफारी रिसोर्टमा बसेर आफ्नै समूह मिलाउने प्रयासमा लागिरहेका छन्। ओली सर्वसम्मत हुने पदाधिकारीको सम्भावित सूची बनाउन लागिरहँदा रावल भने होटल सेभेन स्टारको बन्दसत्र आसपास चुनाव प्रचारमा थिए।

शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार जिम्मा ओलीलाई दिएको थियो। ओली सर्वसम्मत नेतृत्व छान्ने कसरतमा छन्।

यसअघि विष्णु पौडेलमार्फत उपमहासचिव घनश्याम भुसाललाई ओलीले भेट्न बोलाउँदा भुसालले समेत अस्वीकार गरेका थिए।

प्रतिक्रिया