‘काठमाडौं प्रहरी प्रमुखको सरुवा भएको छैन’


काठमाडौं – आइतबार गृह मन्त्रालयले २ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा निकाल्यो । जसमा महानगरीय प्रहरी परिसर, ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी प्रधान कार्यालय नक्शालमा कार्यरत यज्ञविनोद पोखरेलको सरुवा भयो ।

ललितपुर प्रहरी प्रमुख रहेकी बज्राचार्यलाई प्रहरी मुख्यालय नक्शालमा तानिएको छ भने एसएसपी यज्ञविनोद पोखरेललाई ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । उनीहरुसँगै महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका एसएसपी अशोक सिंहको पनि सरुवा भएको चर्चा भयो । तर, एसएसपी सिंहको भने सरुवा भएको छैन ।

गृह मन्त्रालय स्रोतका अनुसार एसएसपी सिंहको सरुवा निस्किएको छैन । ‘एसएसपी सिंहको सरुवा भएको कुरा हल्ला मात्रै हो,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘एसएसपीद्वय बज्राचार्य र पोखरेलको चाहिँ सरुवा भएको हो ।’ यसअघि सिंहको मन्त्रालयले सरुवा निकाले पनि रोकिएको थियो । सिंहको ठाउँमा एसएसपी सुदीप गिरीलाई पठाइएको थियो।

प्रतिक्रिया