दोलखाका दाहाल बने आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता


काठमाडाैं – आइएमईले चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ।

प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतीजा अनुसार, आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भए।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्रान्ड एम्बेसडरद्वय दीपकराज गिरी एवं दीपाश्री निरौलाले संयुक्त रूपमा स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन्।

दोलखाको वैतेश्वर गाउँपालिका-३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत एक लाख ५६ हजार ५५८ घर पठाएका थिए। उनले बम्पर पुरस्कारमा पठाएको रकमको आठ गुणा बढी प्राप्त गरेका छन्। दाहालले प्राप्त रकम बाख्रापालनमा खर्च गर्ने योजना भएको बताए।

१ असोजदेखि २६ कात्तिकसम्म चलेको अफर अन्तर्गत आठ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महीनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना विजेता गरी जम्मा २१ जना लाभान्वित भएका छन्।

यसका साथै आइएमई पे मार्फत रेमिटेन्सको भुक्तानी लिंदा दुई सय तत्काल बोनसको व्यवस्था अन्तर्गत, हजारौं सेवाग्राही यसबाट लाभान्वित भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया