प्रधानन्यायाधीश जवराले आज चार सय ५४ मुद्दाका लागि तोके १२ वटा इजलास


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आज (सामबार) पनि पेसी तोकेका छन् । प्रधानन्यायाधीश जवराले चार सय ५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका हुन् ।

सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन् । अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश राणाले केही दिनदेखि आफू बाहेकको इजलास गठन गर्दै आएका छन्

नेपाल बार एसोसिएसनका कानुनव्यावसायीहरुले प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै आन्दोलन आज पनि जारी राखेको छ । तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् ।

न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो ।

प्रतिक्रिया