आइएमई डिजिटल अन्तर्राष्ट्रियस्तरको एसोसीओ अवार्डबाट सम्मानित


काठमाडौं – आइएमई डिजिटल सोलुसन अन्तर्राष्ट्रियस्तरको एसोसीओ अवार्डबाट सम्मानित भएको छ । कम्पनीले एशिया-ओशियान क्षेत्रका दुई दर्जन देशको संलग्न रहेको एशियन-ओशियान कम्प्युटिङ इन्ड्रष्ट्री (एसोसीओ) को ‘आउटस्टान्डिङ युजर अर्गनाइजेसन अवार्ड’ प्राप्त गरेको हो ।

क्यान महासंघ (क्यान)ले गरेको एक कार्यक्रममा आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकाललाई उक्त पुरस्कार प्रदान गरिएको हो । एसोसीओले दुई हप्ताअघि बंगालादेशमा विशेष कार्यक्रम गरेर विभिन्न क्याटेगोरीमा पुरस्कार विजेताहरु घोषणा गरेको थियो ।

उक्त कार्यक्रममा आईएमई ‘आउटस्टान्डिङ युजर अर्गानाइजेसन अवार्ड’ पाएको घोषणा गरिएको थियो ओसोसीओ एसियन क्षेत्रका जापान, सिंगापुर, भारत, बंगालादेशलगायतका २४ वटा देश सदस्य रहेको छाता संगठन हो । उसले हरेक वर्ष यी देशमा सञ्चालनमा रहेका सूचना प्रविधि क्षेत्रमा काम गर्ने संघसंस्थाको कामलाई मूल्यांकन गरे पुरस्कार दिने गर्छ ।

प्रतिक्रिया