७० वर्षीय वृद्धले गरे कान्छी श्रीमतीको घाँटी रेटेर हत्या


काठमाडौं – उदयपुरको लिमचुङबुङ गाउँपालिकामा ७० वर्षीय वृद्धले श्रीमतीको हत्या गरेका छन् । लिमचुङबुङ गाउँपालिका-५ स्थित जाँते घर भएका सन्तुबहादुर राईले ५६ वर्षकी कान्छी श्रीमती चतुरमाया राईको खुकुरीले घाँटी रेटेर हत्या गरेका हुन् ।

कान्छीलाई धेरै माया गरेको तर, आफुसँग नबसेर छुट्टै बस्न थालेपछि उनलाई चित्त नबुझेर हत्या योजना बनाएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चतुरमाया दशैँपछि जेठो छोराको घरमा बस्न थालेकी थिइन् ।

कार्तिक ३० मा राती श्रीमतीको हत्या गरेर सन्तुले आत्महत्याको प्रयास गरेका छन् । आफैंले घाँटी रेटेर घाइते भएको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । प्रहरीको निगरानीमा उनको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरानमा उपचार भइरहेको उदयपुरका एसपी सुवास बोहराले बताए ।

प्रतिक्रिया