यी हुन् तत्कालिन प्रधानन्यायाधीश श्रेष्ठका विवादित फैसला…
काठमाडाैं – न्यायालय विवादमा अहिले नयाँ टुईस्ट आएको छ। देशले आफनो रफ्तार समातेको छ। राजनीतिक पार्टीहरु भने आगामी निर्वाचनका निम्ति संगठन विस्तार तिर लम्केका छन्। यस्तो बेला एक्कासी कसरी न्यायालय विवादमा आयो ? यस प्रश्नको जवाफका लागि पर्दा पछाडीका खेलाडी सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ रहेको जानकारी आएको छ।
पुर्व प्रधानन्यायाधीश श्रेष्ठले भित्रिरुपबाट न्यायालयलाई आदेश दिँदै आफनो स्वार्थपूर्ति गर्ने योजना चल्न छोडेपछी प्रधान न्यायाधीश चोलेन्द्र शमशेरलाई नै सिध्याउने तरखरमा लागेका छन्। उनको योजनामा राजनीतिक पार्टी देखि नेपाल बार सम्मलाई प्रयोग गर्ने थियो। तर राजनीतिक पार्टीहरुले उनको प्रस्तावलाई स्वीकारेनन्।
नेपाल बारका केहि पदाधिकारी लागे पनि नेपाल बारकै कार्यालयमा यस विषयमा कानुन ब्यवसायी बिच हातपाई भएपछी बारका पदाधिकारीले पनि नैतिकता गुमाई सकेको अवस्था छ। न्यायालयलाई नै ध्वस्त पार्ने र आफनो स्वार्थ सिद्ध बनाउने श्रेष्ठको खेलमा पूर्णविराम लाग्ने पक्का भएको छ।
को हुन् कल्याण श्रेष्ठ ?
कल्याण श्रेष्ठ, जसले लगभग ९ महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेर नेपालको न्यायकर्म चलाए। जसको पालामा सम्झन भन्दा बिर्सन लायकका धेरै निर्णयहरु भएका छन् त्यसैले उनको कार्यकाललाई कालो कार्यकाल पनि भन्ने गरिन्छ। उनको समयमा भएको सम्झन लायक फैसलाहरु सबै विवादित छन्। श्रेष्ठको सबैभन्दा बढी सम्झिने काम भनेको मृगौलाको अवैध तस्करीमा यिनको संलग्नता हो। सुन्नेलाई उनको कुरा चानचुने लाग्दैन। जब सर्वोच्चबाट बाहिरिए उनले न्यायालयलाई प्रभावित पार्ने गरि अभिव्यक्तिहरु दिन थाले। अप्रत्यक्ष आदेश दिने, यसो गर उसो गर भन्नेमा केन्द्रित हुँदै गए।
यसरी हेर्दा उनले सरकार एवं दलहरुमाथि नै दबाब समेत दिने गरेको देखिन्छ। किनभने यिनको दबाबमा सरकारले हालै मानव अंग प्रत्यारोपण केन्द्रको प्रमुख कार्यकारी निर्देशकमा विवादास्पद छवि भएका डाक्टर पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ। पुकार यिनै कल्याण श्रेष्ठका सहोदर भाई हुन्। जसमाथि ५ करोड रुपैयाँको घोटालादेखि मृगौला तस्करीको आरोपसम्म लागेको छ। तत्कालीन केपी ओली सरकारले मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेमराज ज्ञवालीलाई नियुक्ति गरेको थियो। तर उनको पदावधी नसकिँदै पूर्व न्यायाधीश श्रेष्ठकै दबाबमा सरकारले डा. पुकारचन्द्र श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
ललितपुरको पुल्चोकमा रहेको निदान अस्पताल – जो मृगौला किनबेचका लागि पनि बदनाम छ। यही निदान अस्पताल मार्फत श्रेष्ठले सेटिङमा मृगौला तस्करी गर्दै आएको आरोप लाग्दै आएको छ। एक समय आरोग्य फाउन्डेशनले नै निदान अस्पताल सञ्चालन गरेको थियो। तर, डा. श्रेष्ठले फाउन्डेशनमा रहँदा ५ करोड बढी आर्थिक हिनामिना गरेको पाइएको थियो।
डा. श्रेष्ठ आरोग्य फाउन्डेशनकै पूर्व महासचिव समेत हुन्। आरोग्य फाउन्डेशनको लगानीमा स्थापित निदान अस्पताल अहिले श्रेष्ठले आफ्नो एकलौटी पारिसकेका छन्। आरोग्य फाउण्डेशन चर्चित गायिका आनी छोइङ डोल्माको हो। नक्कली व्यक्ति खडा गरी मृगौला तस्करी गरेको अभियोगमा प्रहरीले गत बर्ष निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत सिइओ बीपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेर मुद्दा चलायो। ११ लाख रुपैयाँका लागि मृगौला तस्करी गरिएको घटना त्यतिखेर सार्वजनिक भएको थियो। यो तस्करी ठाडै डा। श्रेष्ठकै संलग्नतामा भएपनि दाजु कल्याण श्रेष्ठको आड र शक्तिमा नै प्रहरीले पुकारलाई पक्राउ गरेन। यसरी मृगौला तस्करीबाट बदनामी कमाएका उनै श्रेष्ठलाई सरकारले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको जिम्मा पनि पूर्व प्रधानन्यायाधीश श्रेष्ठकै दबाबमा दिएको थियो।
यस्तै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले एनआईडीसी डेभलपमेन्ट बैंकलाई समेत डुबाउने निर्णय गरे। सरकारी स्वामित्वमा रहेको एनआईडीसी डेभलपमेन्ट बैंक दरबारमार्गको जमिनलाई निजी क्षेत्रबाट सञ्चालित होटेल याक एण्ड यतीले लिज सम्झौता गरि भाडामा लिएर मुख्य प्रवेशमार्गको रूपमा प्रयोग गर्दै आएको थियो। सम्झौता सकिएपछि पुनः सम्झौताका लागि होटेल याक एण्ड यती एनआईडीसी बैंकविरुद्ध अदालत गयो। काठमाडौं जिल्ला अदालतले प्रमाण र सम्झौताका कानूनी आधारमा एनआईडीसीकै पक्षमा फैसला दियो। त्यसपछि होटेल पुनरावेदन अदालतमा पुग्यो, त्यहाँ पनि होटेलले हार्यो।
जिल्ला र पुनरावेदन अदालतबाट आफ्नो पक्षमा निर्णय नआएपछि याक एण्ड यती होटेल सर्वोच्च अदालतको शरणमा गयो, तर सर्वोच्चले पनि जिल्ला र पुनरावेदन अदालतकै फैसलालाई सदर गरिदियो। यसरी होटेलले हारेपछि एनआईडीसीको जमिन भएर होटेलतर्फ प्रस्थान गर्ने बाटो किनाराका घर तथा जग्गाधनीहरू बाटो कायम राख्न माग गर्दै एनआईडीसीविरुद्ध अदालत गए। जिल्ला र पुनरावेदन अदालतबाट हारेपछि चुपचाप बसेका ती घर–जग्गाधनीहरू कल्याण श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेपछि पुनः सक्रिय बनेर अगाडि आए । -कर्पोरेट खबर