विवेकशील साझाको १२४ केन्द्रीय समिति आयोगमा अद्यावधि, अध्यक्षमा मिश्र


काठमाडौं – विवेकशील साझा पार्टीले आफ्नो केन्द्रीय समिति निर्वाचन आयोगमा अद्यावधि गराएको छ । पार्टीको बहुमतले गरेको निर्णय बमोजिम पार्टीको नयाँ विधान र केन्द्रीय कार्य समितिलाई निर्वाचन आयोगको विवरणमा अद्यावधिक गराएको हो ।

निर्वाचन आयोगले बुधबार विवेकशील पार्टीलाई पत्र पठाएर यसबारे जानकारी गराएको प्रवक्ता शरदराज पाठकले बताएका छन् । अब विवेकशील साझाको केन्द्रीय अध्यक्ष रविन्द्र मिश्र र १२४ जना केन्द्रीय सदस्य आयोगको आधिकारिक विवरणमा रहेका छन् ।

पाँचजनाको राजीनामा र एकजनाको निधनपछि अब सो पार्टीको केन्द्रीय समिति १२४ सदस्यीय भएको पाठकले बताए । मिलन पाण्डे समूहले भने सो निर्णय मानेको छैन ।

प्रतिक्रिया