ठूलाे मात्रामा पटाका बरामद


नवलपरासी (पश्चिम) – बर्दघाट नगरपालिका-४ टिसिएन चोकस्थित सडकमा भैरहवाबाट नारायणघाटतर्फ जाँदै गरेको ना.२ ख ४५४५ नम्बरको बसबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको ४ बोरा विभिन्न किसिमका पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसभित्र वेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ वनदेवी मन्दिर नजिकबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।

सर्लाही, बसवरिया गाउँपालिका-२ बागमती नदीको बाधबाट करिब ५ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका ३४ प्याकेट पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय मानपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्त उक्त पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया