उपत्यकाका तीनै जिल्लाका सीडीओहरूको बैठक बस्दै, देउसी–भैलोबारे निर्णय गर्ने


काठमाडौँ – चाडपर्वको समयमा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण कायमै रहेको अवस्थामा देउसी भैलो खेल्नेबारे निर्णय गर्न मंगलबार बैठक बस्न लागेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्मा सहभागी हुने छन् ।

कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालना गर्नेगरी देउसी र भैलो खेल्न अनुमती स्थानिय प्रशासनको तयारी छ । उपत्यकामा देउसी भैलो खेल्नका लागी कस्तो मापदण्ड बनाउने भनेर प्रमुख जिल्ला अधिकारीहरुहरुले गृहमन्त्रालयसँग समन्वय गरेर निर्णय लिने भएका छन् ।

यसैबीच कास्कीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न दिने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गरेर राति १० बजेसम्म मात्र देउसी र भैलो खेल्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया