जुवातास खेलिरहेको अवस्थामा साँढे ३ लाख नगदसहित १७ जुवाडे पक्राउ


सुनसरी – बराहक्षेत्र नगरपालिका-८ बस्ने बहादुर खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ४६ वर्षीय अगम तामाङ लगायत १५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५५ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरको हो ।

बाँके, खजुरा गाउँपालिका-२ ए गाउँस्थित नर्सरीमा तास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-३ बस्ने २८ वर्षीय अशोक बर्मा र भारत बहराईज रुपैडिहा बस्ने ४० वर्षीय राधे बर्मालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय रुपैयाँ र १८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया