१ लाख ७४ हजार नगदसहित बिर्तामोडबाट ५ जुवाडे पक्राउ


झापा – बिर्तामोडमा जुवा खेलिरहेका ५ जना जुवाडे नगदसहित पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका-५ निवासी ३८ वर्षीय डालकुमार राईको घरमा जुवा खेलाइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले मङ्गलबार बेलुका छापा मारेको थियो।

प्रहरीले घटनास्थलबाट तास र कौडा खेलिरहेका घरधनी राईसहित इलाम जिल्ला सूर्योदय नगरपालिका-१० का ३० वर्षीय दिलकुमार श्रेष्ठ, बिर्तामोड नगरपालिका-५ का ३६ वर्षीय सन्जीप घतानि, सोही ठाउँका ४२ वर्षीय ससुहाङ चेम्जोङ र मेचीनगर नगरपालिका-२ का ४८ वर्षीय भूपू राईलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट १ लाख ७४ हजार ७३५ रूपैयाँ नगद, ३ बुक तास र १५ थान कौडासमेत बरामद गरेको छ। पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको डिएसपी पाठकले बताए।

प्रतिक्रिया