काठमाडाैंमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ


काठमाडाैं – काठमाडाैंमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ परेका छन् ।

गएराति काठमाडाैंको नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनीहरुको साथबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको छ ।

चाडपर्वमा जुवा तास खेल्ने प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न प्रहरीले कारबाही अभियान चलाइरहेको छ।

प्रतिक्रिया