५ महिनाभन्दा बढी टिकेनन् दाङका सीडिओ


दाङ – सुरुवातमा नै चर्चित बनेका दाङका प्रमुख जिल्ला अधिकारी (सिडीओ) रामबहादुर कुरुम्बाङ्ग अन्ततः ५ महिना भन्दा बढि टिक्न सकेनन्। उनले घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोलामा आवतजावत सहज बनाउनका लागि भूमिका निर्वाह गरेका थिए। पत्रेखोला पुल निर्माणको काम अघि बढेको छ।

चारलेन निर्माणको सुरुवातमा उनको भूमिका छ। तर, काम अघि बढ्न सकेन। अन्य ढिलासुस्त भएका विकास निर्माणमा उनले चासो देखाएका थिए। तर, पनि उनै सिडिओ ५ महिनाभन्दा बढि टिक्न सकेनन्।

उनी गएको असारमा दाङ सरुवा भएर आएका हुन्। दाङमा सह सचिवको दरबन्दी हुँदाहुँदै पनि उपसचिव कुरुम्बाङ प्रजिअ भएर आएका हुन्। उनी मंसिरमा सहसचिवमा बढुवा हुने भएकाले आफै गृहमन्त्रालयमा सरुवा मागेको बुझिएको छ।

उनको गृहमन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा दाङको सिडीओको रुपमा सहसचिव हिरालाल रेग्मी आउन लागेका छन्।यसअघिका दुई सिडिओ पनि पाँच महिनासम्म पनि टिक्न सकेनन्।

यो भन्दाअघिका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको पनि चार महिनामै सरुवा भएको हो। गएको बर्ष फागुनमा दाङको प्रमुख जिल्ला अधिकारी सम्हाल्न आएका उनको गृहमन्त्रालयमा सरुवा गरिएको थियो।

त्यो भन्दा अघिल्लो पटकका प्रजिअ पनि चार महिनामै सरुवा भएका थिए। तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पनि तीन–चार महिनामै सरुवा भएको थियो। २०७७ कात्तिकमा आएका आचार्यको फागुनमा सरुवा भएको थियो।

प्रतिक्रिया