बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु


हेटौंडा – पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

शुक्रबार राति नारायणगढबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आएको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो।

दुर्घटनामा हेटौंडा–१५ पनेसका १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ वर्षीय सुशान्त दियाली प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएको दुवैजनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। ठक्कर दिने बस तथा चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया