जनकपुर बमकाण्डका मुख्य योजनाकार सञ्जय टकलाको सजाय घट्यो, ७ वर्ष कैद हुने उच्चको आदेश


जनकपुर – जनकपुर उच्च अदालतले जनकपुर बम काण्डका मुख्य योजनाकार संजय साह (टकला) को जन्मकैदको फैसला उल्टाएको छ। जिल्ला अदालत धनुषाले साहलाई सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले ७ वर्षमा सीमित गर्ने फैसला गरेको हो।

जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई सुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीरबहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको जनाइएको छ ।

ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलिरहेको साहलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको जन्मकैदको फैसलालाई ७ वर्षमात्रै सजाय हुने फैसला अदालतले सुनाएको हो।

साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षड्यन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ। २०६९ साल वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विष्फोट गराइएको थियो। घटनामा ५ जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए।

 

 

प्रतिक्रिया