देउवाको स्वागतार्थ बाजागाजासहित विमानस्थलमा कार्यकर्ता र नेताहरु


काठमाडौं – झन्डै पाँच महिनापछि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किंदै छन् ।

जेनजी आन्दोलनपछि सिंगापुर गएका देउवा बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरको विमानबाट अवतरण गर्नेछन् ।

देउवाको स्वागतमा हजारौँ कार्यकर्ता बाजागाजा झाँकीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

देउवालाई बाजागाजासहित विमानस्थलका यी ३ ठाउँबाट गरिँदैछ भव्य स्वागत

देउवाको स्वागतमा अन्य नेता कार्यकर्ता एयरपोर्टबाहिर तीन ठाउँमा भेला हुनेछन् । स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने दाबी गरिएको छ ।

देउवालाई स्वागत गर्न गएका कार्यकर्ताहरूलाई विमानस्थल प्रवेश गर्ने गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला हुन भनिएको छ ।

प्रतिक्रिया