मानब बेचबिखन मुद्धाका फरार कसुरदार १२ वर्षपछि पक्राउ


काठमाडौं – प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट फैसला भएको १२ वर्षपछि कञ्चनपुर प्रहरीले गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो।

कञ्चनपुर जिल्ला अदालतको मिति २०६६ जेठ २५ गतेको फैसलाले २० बर्ष कैद र २ लाख जरिवाना सजाय फैसला भई फरार रहेका कञ्चनपुरको साबिक पिपलाडीका ४५ जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०६४ साल असार २ गते कञ्चनपुर साबिक पिपलाडी–२ बस्ने एक जना महिलालाई विवाहको प्रलोभन देखाई ललाईफकाई गरी भारतको नयाँ दिल्ली पुर्‍याई बेचबिखन गरेको कसुरमा जोशीलाई अदालतले सजाय सुनाएको थियो। अदालतको आदेशसँगै जोशी फरार भएका थिए।

जोशीले ती महिलालाई नयाँ दिल्लीमा डेरा गरि बस्ने नेपाली मुलकी एक महिलाको सहयोगमा स्थानीय महिलालाई बेचबिखन गरेको अदालतले ठहर गरेको थियो। फरार रहेका जोशी आफ्नै घरमा आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए।

पक्राउ परेका जोशीलाई अदालतमा बुझाइएको र अदालतबाट कैदी पुर्जी जारी गरी कैद सजाय भुक्तानको लागि कारागार चलान गरेको डीएसपी न्यौपानेले बताए।

प्रतिक्रिया