अल्छी लागेर हैरान हुनुहुन्छ ? भगाउन यसो गर्नुहोस्


काठमाडाैं – जुन मान्छे अल्छी हुन्छ त्यो मान्छेले जीवनमा कहिले पनि सफलता हासिल गर्न सक्दैँन । यस्तो मानिस निराशावादी हुन्छन् ।

प्रायजसो मानिसहरु अल्छी कै कारण तत्काल गर्नु पर्ने काम एकछिन वा भोलि गर्छु भन्दै टार्ने गर्दछन् । अनि बिस्तारै यो हाम्रो बानी बन्दै जान्छ । जसले मानिसलाई अझ बढी अल्छी बनाउँछ ।

अल्छी भगाउँने केही उपायहरु
बिस्तारै हिँड्ने बानी-बिहान उठेर भ्रमण गर्नु स्वास्थ्यका लागि आवश्यक कुरा हो । दौडिन अल्छी लाग्छ भने शुरुमा बिस्तारै हिड्ने । दश मिनेट मात्र हिँडे पुग्छ ।

स-साना ब्रेक-लामो समयसम्म बसेर गर्ने काम छ भने केही समयको अन्तरालमा छोटा-छोटा ब्रेक लिने । उदाहरणका लागि ४५ मिनेटपछि पाँच मिनेट जतिको ब्रेक लिने र पानी पिउने गर्नुपर्छ ।

कामका बेलामा मोबाइल नहेर्ने – कामको समयमा मोबाइलमा सामाजिक सञ्जाल बन्द गर्ने । ध्यान बाँडिदा पनि थकाइ लाग्छ । प्रेरक व्यक्तिसँग समय बिताउने– अल्छी लागेर दिमागमा नकारात्मक कुरा आएका बेलामा आफ्ना साथीहरूसँग समय बिताउने ।

प्रतिक्रिया