विमानस्थलबाट ९ सय ग्राम सुनसहित दुई पक्राउ


काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद भएको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुनसहित सुरूमा दुई जनालाई पक्राउ गरेको हो।

भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ का ३३ वर्षीय समुन्द्र दंगाल र बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ४३ वर्षीय सन्तविर राईलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समुन्द्रले सिंगापुर एयरलाइन्समार्फत् मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया