आज पनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


काठमाडौँ – नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार आज बुधबार सुनको मुल्य ४ सय रुपैँयाले घटेर छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावल सुन प्रतितोला ८६ हजार रहेको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा २० रुपैयाँ घट्दै आज तोलाको १ हजार १९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया