सुनको मूल्य बढ्दा, चाँदीको घट्यो


काठमाडौं -आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

सोमबार सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला २० रुपियाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया