हेलिकोप्टरबाट खुम्बु पुगेर गायिका इन्दिरा जोशीले गरिन ‘इङ्गेजमेन्ट’


काठमाडौं – गायिका इन्दिरा जोशीले बिहीबार ‘इंगेजमेन्ट’ गरेकी छन् । उनले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक संजालमा बधाइ दिएपछि वास्तविकता खुलेको हो ।

गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिएकी छैनन् । उनले हेलिकप्टरमा खुम्बू पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको पाइएको छ ।

प्रेमी केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् । इन्दिराले विवाहको प्रस्ताव स्वीकार गरेको बताएकी छिन् । इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । ।

फोटोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ रु र मैले ‘हुन्छ’ भनिदिएँ ।’ यी दुईको भिडियो टिकटकमा निकै चर्चितसमेत भइरहेको छ ।

इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् ।

प्रतिक्रिया