

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ – नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे बस्ने गरी तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो ।
केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
बैठक दुई दिनसम्म चल्ने कार्यालय सचिव तामाङले बताए ।

