छोरा आदित्यको विवाहमा उदितको ठुम्का


मुम्बई(एजेन्सी)– प्रख्यात गायक उदितनारायण झाका छोरा आदित्यनारायणले मंगलबार आफ्नी प्रेमिका श्वेता अग्रवालसँग लगनगाँठो कसेका छन् । मुम्बईको इस्कोन मन्दिरबाट छोराको विवाह गरिरहँदा पिता उदितनारायण निकै खुशी देखिन्थे । विवाहपछि सार्वजनिक भिडियो र केही तस्बिरमा उनको खुशी प्रष्ट देख्न सकिन्छ ।

आदित्य र श्वेता लामोसमयदेखि एकअर्का डेट गरिरहेका थिए । छोराको विवाह सफल हुँदा उदितनारायण र दीपानारायण निकै खुशी देखिन्थे । त्यहीकारण पनि उनीहरु छोरासँगै मस्त नाँचे ।

कोरोना महामारीका कारण महाराष्ट्र सरकारले लागु गरेको महामारी निर्देशिका अनुसार आदित्यको विवाहमा ५० जनामात्र सहभागी थिए । यी सहभागी केवल आदित्य र श्वेताका परिवारका मात्र थिए । सबैले मास्क अनिवार्य लगाएका थिए ।

आदित्यले बुधबार मुम्बईको पाँच तारे होटलमा भव्य पार्टी दिँदैछन् । पार्टीका लागि प्रधानमन्त्री नरेन्द्र मोदी, अमिताभ बच्चन, शत्रुघ्न सिन्हा, धर्मेन्द्र, रणवीर सिंह, दीपिका पादुकोण र माधुरी दीक्षितलगायतलाई निम्तो दिइएको छ ।

प्रतिक्रिया