आज विवाह गर्दै आदित्य–श्वेता


मुम्बई(एजेन्सी)– भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’का सञ्चालक तथा गायक आदित्य नारायण झा आज आफ्नो लामो समयदेखिको प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्दैछन् । उनीहरुले साधारण किसिमले विवाह गर्ने निर्णय लिइसकेका छन् ।

उनीहरुको विवाह एक मन्दिरमा हुनेछ, जहाँ केवल ५० जना मानिसको मात्र सहभागिता रहनेछ । महाराष्ट्र सरकारको निर्देशिका र महामारीलाई मध्यनजर गर्दै आदित्य आफनो विवाहलाई शाही शैलीमा गर्नेछैनन् । यद्यपि उनले भोलि मुम्बईमा गण्ड रिसेप्सन पार्टी राखेका छन् ।

आदित्यले आफ्नो विवाहको ठिक एकदिन अघि श्वेतासँगको रोमान्टिक फोटो इन्स्टाग्राममा शेयर गरेका छन् । फोटोमा दुवैजना निकै प्रेमिल भावले अंकमाल गरेका छन् । फोटोमा आदित्यकी साथी तथा गायिका नेहा कक्कडले ‘सुन्दर’ भन्दै कमेन्ट गरेकी छन् ।

प्रतिक्रिया