मेगा बैंकको एटिएम सेवा झापाको भद्रपुरमा


काठमाडौं – मेगा बैंक नेपालले नयाँ एटीम सेवा विस्तार गरेको छ । बैंकले झापाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको हो । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीम सेवा सञ्चालन गरेको जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो ।

योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीम सेवा विस्तार गरेको छ । स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३२०० भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।

प्रतिक्रिया