विश्वभर २२ करोड कोरोना संक्रमित, ४५ लाखको मृत्यु


काठमाडाैं – पछिल्लो २ वर्ष यता विश्व कोरोना भाइरसले आक्रान्त बनेको छ । हालसम्म संसारभर कोरोना संक्रमितको संख्या २२ करोड २० लाख रहेको छ । त्यस्तै, ४५ लाख ८९ हजार १ सय ८० जनाको संक्रमणबाट निधन भएको छ ।

कुल सक्रमितमध्ये १९ करोड ८६ लाख ८ हजार २ सय ५५ जना निको भइसकेका छन् भने १ करोड ८८ लाख ३ हजार बढी संक्रमितको उपचार भैरहेको वल्डोमिटरले जनाएको छ । १ लाख ४ हजार ९८० जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

नेपालमा भने कोरोना भाइरस संक्रमितका संख्या घट्दै आएका छन् । हिजो १ हजार ८ सय ९७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोमबार १ हजार ७ जना ४३ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख २८ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् । एजेन्सी

प्रतिक्रिया