
इक्यान केन्द्रीय सदस्यका लागि अशोक हाथीको उम्मेद्वारी
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २० औं साधारणसभा यही पुस २८ गते हुने भएको छ ।
उक्त साधारणसभाबाट इक्यान कार्यसमितिले नयाँ नेतृत्व पाउने भएको छ ।
उक्त कार्य समितिका लागि अशोक कुमार हाथीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
दिपकराज भूषालको प्यानलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका अशोकले लामोसमयदेखि शैक्षिक परामर्श सेवा दिँदै आएका छन् । नेपालबाट विदेश पढ्न जान चाहने विद्यार्थीहरुका लागि लामोसमयदेखि समन्वयकारीको भूमिका खेल्दै आएको अनुभवलाई इक्यान कार्य समितिमा रहेर कार्यान्वयन गर्ने अभिप्रायःका साथ अशोकले उम्मेदवारी दिएको बताएका छन् ।
उनले विशेष गरी परामर्श व्यावसायमा विशेष गरी धरौटी, चिकित्सा शिक्षा आयोगबाट जारी हुने इलिजिबिलिटी, शिक्षा मन्त्रालयबाट जारी हुने एनओसीलाई सहज र सरल बनाउन समन्वयकारी भुमिका खेलेको तथा विभिन्न सामाजिक काममा आबद्ध रहँदै प्राप्त अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित संघलाई अझै बलियो, एकताबद्ध बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इक्यानलाई अझ पारदर्शी, उत्तरदायी तथा परिवर्तित समयको माग बमोजिम सुदृढ र सशक्त संस्था बनाउने लक्ष्यका साथ, पेशागत हकहित, व्यावसायिक सुरक्षा, कानुनी सुरक्षा, अनुशासन, पारदर्शिता तथा सम्मानित सदस्यलाई सर्वोपरी प्राथमिकतामा राखी निष्ठापूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



कागजपत्र |
