संखुवासभा हत्या: घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली, निगरानीमा नाकाहरु


संखुवासभा – संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटाईएको हो ।

घटनामा संलग्न र घटनाको वास्तविकता चाडै बाहिर ल्याउने प्रयास भैईरहेको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले बताए । एसपी राईका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको छ ।

उक्त घटनामा परिवारका केही सदस्यको घर भित्र र केहीको शव घर बाहिर फेला परेको प्रहरीले जनाएको छ । परिवारका एक जना ९३ वर्षीय वृद्ध सदस्य भने बाच्न सफल भएका छन् । उनी घाइते छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ ।

प्रतिक्रिया