एसिड आक्रमणमा बाँचेकी बालाको किड्नी प्रत्यारोपण अभियान, दीपिकाकाे १५ लाख सहयोग


काठमाडौं – एसिड आक्रमणबाट बाँचेकी बालाको सहयोगका लागि दीपिका अघि सरेकी छिन् । बालाले फिल्म ‘छपाक’ मा दीपिकासँगै काम गरेकी थिइन् । युपीको बिजनौर बस्ने बालाको किड्नी प्रत्यारोपण हुँदैछ र यसमा १६ लाख रुपैयाँ खर्च लाग्नेछ ।

बालाको किड्नी ट्रान्सप्लान्टका लागि १६ लाख जुटाउन ‘छांव फाउन्डेसन’ ले रकम संकलन थालेको थियो । तीन दिन पहिले सुरु भएको यस अभियानबारे थाहा पाउनासाथ दीपिकाले १५ लाख रुपैयाँ सहयोग गरिन् र एक दिनमै अभियानले पूर्णता पायो ।

दीपिकाले पहिले १० लाख रुपैयाँ दिएकी थिइन् र त्यही साँझ फेरि ५ लाख रकम सहयोग गरिन् । बालाको किड्नी ट्रान्सप्लान्टका लागि अहिलेसम्म १६ लाख ५ सय ५८ रुपैयाँ जम्मा भइसकेको छ । दिल्लीस्थित सफदरजंग अस्पतालमा बालाको उपचार चलिरहेको छ ।

२०१२ मा भएको थियो एसिड आक्रमण
निर्देशक मेघना गुलजारको फिल्म ‘छपाक’ मा बाला र दीपिका एकसाथ देखिएका थिए । एसिड आक्रमण बारेको घटनामा आधारित यस फिल्मको प्रमोसनमा पनि दीपिका र रणवीर सिंहसँगै बाला गएकी थिइन् । बालामाथि उनका घर मालिकले २०१२ मा एसिड आक्रमण गरेका थिए । बालाका हजुरबामाथि पनि एसिड प्रहार भएको थियो र उनको मृत्यु भयो । यस घटनामा बालाको अनुहारसँगै गला र कपाल पनि जलेको थियो । आक्रमणपछि बालाले १२ पटक शल्यक्रिया गर्नुपरेको थियो ।

प्रतिक्रिया