कुली नं. १ ट्रेलरलाई निराशाजनक प्रतिक्रिया


मुम्बई(एजेन्सी)– अभिनेता वरुण धवन र सारा अली खान स्टारर फिल्म ‘कुली नं. १’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई दर्शकले निराशाजनक प्रतिक्रिया दिएका छन् । उनीहरुले फिल्मको ओरिजिनल भर्सनको सम्झना गरेका छन् । जसमा गोविन्दा र करिश्मा कपूरले प्रमुख भूमिका निभाएका थिए । दर्शकले वरुण र सारालाई ओभरएक्टिङ गरेको आरोप लगएका छन् । ट्रेलरले सामाजिक सन्जालमा ट्रेण्ड बनाइरहेको छ र प्रयोगकर्ताले मिम्स पनि उत्तिकै बनाइरहेका छन् ।

एक प्रयोगकर्ताले कमेन्ट बक्समा ‘साधारणतया यो ओरिजिनल कुली नं. १ को ओभरएक्टिङ भर्जन हो’ भन्दै लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘सावधान–यो भिडियो बनाउदाको समय कुनै पनि गोविन्दा र मिथुनलाई नोक्सान पु¥याइएको छैन’ भन्दै लेखेका छन् ।

अर्का प्रयोगकर्ताले ‘यो फिल्म सुरक्षित छ, किनकी यो प्राइममा रिलिज हुँदैछ, थिएटरमा हैन । निर्माताको स्मार्ट कदम’ भन्दै प्रतिक्रिया दिएका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले ‘गोविन्दाले यो हेरेपछि छोरा तिमीसँग हुँदैन’ भन्दै लेखेका छन् । यस्तै अर्का प्रयोगकर्ताले ‘गम्भीर रुपमै म उत्साहित थिएँ । तर ट्रेलर हेरेपछि लाग्यो गोविन्दा गोविन्द नै हो’ भन्दै लेखेका छन् ।

अर्का प्रयोगकर्ताले कमेन्ट बक्समा ‘बलिउडका मानिसहरु अब आम मानिसको क्रिसमस बिगार्न चाहन्छन्’ भनेर लेख्दा अर्काले ‘स्टार सन्तानका लागि उद्योगमा बनिरहनका लागि एकमात्र आशा लिजेन्डको रिमेक गर्नु हा । तर एउटा कुरा उनीहरुले भुले कि लिजेन्ड अभिनय र उत्कृष्ट टाइमिङका लागि चिनिन्छन् । बाँकी सम्झिनुहोला’ भन्दै प्रतिक्रिया दिएका छन् । अर्काले ‘हामी डिसलाइकको संख्या गन्न हेर्न चाहन्छौं । हे भगवान यी मानिसहरु कति डराएका छन्’ भन्दै लेखेका छन् ।

ओरिजिनल फिल्मको जस्तै यो फिल्मलाई पनि डेभिड धवनले नै निर्देशन गरेका छन् । फिल्ममा वरुण र साराका अलावा परेश रावल, जावेद जाफरी, राजपाल यादव, जोनी लिभर र शिखा तलसानियाले अभिनय गरेका छन् । फिल्म डिसेम्बर २५ मा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ ।

प्रतिक्रिया