थप १३८० संक्रमित, १९ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १३८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेका छन् ।

यस्तै बितेको २४ घण्टामा ५१५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ११ हजार १८६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप १९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको छ ।

प्रतिक्रिया