खुकुरी प्रहार गरी श्रीमती हत्या पछि श्रीमानले गरे झुन्डिएर आत्महत्या


भोजपुर – भोजपुरको षडानन्द नगरपालिका -९ ताल खर्कका ४० वर्षीय बुद्धिमान राईले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

राईले शुक्रवार राति २८ वर्षीया श्रीमती इन्द्रकलालाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार राईले श्रीमतीको हत्या गरी घर नजिकैको दुधिलोको रुखमा झुण्डिएर आत्माहत्या गरेका छन् ।

बाबुले आमामाथि खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीय छिमेकीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको स्थानीयले जानकारी दिएका छन् । बुद्धिमानको पनि खोजी गर्दा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए। दुवैको शव पोस्टमार्ट गर्न अस्पताल लगिएको छ ।

प्रतिक्रिया