


‘द कपिल शर्मा’ पुनः सञ्चालन, ओपनिङ शोमा अक्षय कुमार र अजय देवगन

काठमाडौं – भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा’ शो पुनस् सुचारु हुने भएको छ । कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गर्दै सोही कुराको जानकारी दिएका हुन ।
नयाँ प्रामो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ । प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यहीँ अगस्ट २१ गतेदेखि शो प्रशारण हुने जानकारी दिएका छन् । यस सिजनमा अर्चना पुरण सिंह पनि आउने भएको जानकारी दिइएको छ।
साथै, सुदेश लहिर र कृष्णालाई पनि हेर्न सकिनेछ । नयाँ सिजनको ओपनिङमा पाहुनाको रुपमा बलिउड अभिनेताहरु अक्षय कुमार र अजय देवगनलाई देख्न सकिनेछ । यस कार्यक्रमलाई सोनी टेलीभिजनमा हेर्न सकिनेछ ।

