


सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं – संसदको चालु अधिवेशन अन्त्य भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाए ।
चालु अधिवेशन सोमबार १२ : ०० बजेदेखि अन्त्य भएको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

