

जर्मनीको प्रतिष्ठित फिल्म फेस्टिबलमा गणेश पाण्डे निर्देशित ‘सहायक श्रीमान्’

काठमाडौं– बहुचर्चित सर्ट फिल्म ‘सहायक श्रीमान्’ जर्मनीको प्रतिष्ठित टेगन्सी अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबलमा प्रदर्शनका लागि छानिएको छ।

निर्देशक पाण्डे
प्रेस चौतारी नेपालका उपाध्यक्ष समेत रहेका गणेश पाण्डे निर्देशित फिल्मले उक्त मौका पाएको हो। नेपालको हुम्लामा रहेको बहुपति प्रथाभित्रका कथालाई उनले वृत्तचित्र (सर्ट फिल्म)का रुपमा उनेका छन्।
पाण्डे बहुचर्चित तथा विभिन्न मुलुकमा अवार्ड जित्न सफल भएको ‘भाग्यले बाँचेकाहरू’का पनि निर्देशक हुन्। ‘सहायक श्रीमान्’ले पनि विभिन्न ठाउँमा अवार्ड जित्ने क्रम सुरु भइसकेको छ।
यसअघि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल र रसियाको कान्स फिल्म फेस्टिबलमा पनि ‘सहायक श्रीमान्’ले प्रथम पुरस्कार जित्न सफल भएको थियो।

